खोलामा बेपत्ता युवकको सकुशल उद्धार,अवस्था गम्भिर

पोखरा,१० भदौ । म्यादीमा खोलामा बेपत्ता एक युवकको सकुशल उद्धार गरिएको छ ।

अन्नपूर्ण गाउँपालिका–४ बासकोट स्थित जिल्ला बाग्लुङ ढोरपाटन नगरपालिका–७ घर भई हाल निलगिरी हाइड्रोपावरको हाईबुङ हाइड्रो कन्ट्रक्सनमा काम गर्ने वर्ष १८ को अर्जुन घर्ति मगर बासकोट देखी अन्दाजी २०० मिटर पूर्व रहेको मिस्त्री खोलामा बेपत्ता भएकामा उनलाई खोजतलास गर्ने क्रममा १०० मिटर तल खोला किनारमा सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

उनलाई स्थानीय र प्रहरीको सक्रियतामा उद्दार गरी बेनी अस्पताल म्याग्दी पठाईएकोमा थप उपचारको लागि पोखरा ल्याइएको र अवस्था गम्भीर रहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

Comments
Loading...