पोखरा सहित गण्डकी प्रदेशमा फेरी थपिए छ जना

पोखरा,१० भदौ । पोखरामा एक सहित गण्डकी प्रदेशमा आज पुनः छ जना कोरोना संक्रमित थपिएका छन् । पोखराका संक्रमित वडा नं १७ का २८ वर्षीय पुरुष छन् ।

क्षयरोग उपचार केन्द्र, पोखरा र गण्डकी प्रदेश भन्दा बाहिरी प्रयोगशाला गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको छ । त्यसैगरी बाग्लुङमा एक गोर्खा र नवलपरासीमा दुई÷दुई जना संक्रमित भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ९५२ पुगेको छ ।

Comments
Loading...