उपत्यकामा पुनः थपियो एक साता निषेधाज्ञा

काठमाडौँ,१० भदौ । कोरोना संक्रमितको दर दैनिक बढिरहेको भन्दै गत भदौ ३ गतेदेखी जारी निषेधाज्ञा काठमाडौँ उपत्यकामा पुनः एक साता लम्बिने भएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञा भदौ १७ सम्म लम्बाउने निर्णय गरेको हो । सो अवधिमाा अत्यावश्यक बाहेकका सेवा तथा व्यवसाय चल्न पाउँदैनन् ।

भदौ ३ को मध्यरातदेखि जारी निषेधाज्ञा बुधवार मध्यराति सकिँदै छ । निषेधाज्ञाको समयावधि एकसाता लम्ब्याउने निर्णय गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् ।

Comments
Loading...