२४ घण्टामा देशभर थपिए ८८५ कोरोना संक्रमित,११ जनाको मृत्यु

पोखरा,१० भदौ । पछिल्लो २४ घण्टामा देशभर ८८५ कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी काठमाडौं उपत्यकामा पहिलोपटक एकै दिन ३०१ जना थपिएका छन् । त्यसैगरी पछिल्लो अवधिमा देशभर गरी ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जनाइएको छ ।

यससँगै देशभर संक्रमितको कुल संखया ३४ हजार ४१८ पुगेको बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा ३८५ जना निको भएका छन् भने हालसम्म निको हुनेको कुल संखया १९ हजार ५०४ पुगेको छ।

गौतमले काठमाडौंमा २३०, भक्तपुरमा २४ र ललितपुरमा ४७ गरी ३०१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । पछिल्लो २४ घण्टा अवधिमा मृत्यु हुनेहरुमा मोरङ र भक्तपुरका दुई जना महिला रहेका छन् । कैलालीका २, महोत्तरीका ३, बाँकेका १, काठमाडौंका १ र बाराका २ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७५ पुगेको गौतमले बताए ।

Comments
Loading...