नेकपा केन्द्रीय सदस्य एवं वरिष्ठ अधिवक्ता देवकोटालाई पितृ शोक

पोखरा,१० भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय कमिटी सदस्य, संविधानसभा सदस्य एवं वरिष्ठ अधिवक्ता खिमलाल देवकोटालाई पितृ शोक परेको छ ।

देवकोटाका पिता कास्कीको अन्नपूर्ण गाउँपालिका लुम्रे निवासी देवीप्रसाद देवकोटाको आज विहान ४ बजे आफ्नै निवासमा १०३ वर्षको उमेरमा निधन भएको हो ।

स्व. देवकोटाको आजनै अन्तिम संस्कार गरिएको र परिवारजनले लुम्लेमै मृत्यु संस्कार गरिरहेको नेकपा कास्कीका जिल्ला सचिवालय सदस्य त्रिभुवन पौडेलले जानकारी दिए । स्व देवकोटाका एक श्रीमति तथा तीन छोरा मध्ये खिमलाल माहिला हुन् । जेठा शोभाराम कृषि वैज्ञानिक हुन् भने कान्छा छोरा  शिवभक्त राष्ट्रिय माध्यमिक विद्यालय पोखरामा शिक्षक छन् ।

उनी एकीकृत अखिल नेपाल शिक्षक संगठन कास्कीका संस्थापक सदस्य तथा हाल गण्डकी प्रदेश समितिका सदस्य छन् । स्व देवकोटाका दुई छोरी, तीन बुहारी तथा पाँच नाति र तीन नातिनी रहेको एकीकृत अखिल नेपाल शिक्षक संगठन कास्कीका सचिव प्रकाश रिजालले जानकारी दिए ।

 

Comments
Loading...