अन्नपूर्ण गाउँपालिका कोरोनाको ‘ग्रिन जोनमा’

श्रीभद्र पौडेल
हेमजा, १० भदौं ।कास्कीको अन्नपूर्ण गाउँपालिकामा बुधवारसम्म कोरोना भाइरस संक्रमित एक जना पनि भेटिएका छैनन् । यस हिसाबले गाउँपालिका कोरोना संक्रमणको ‘ग्रिन जोन’मा छ । सरकारले कोरोना नदेखिएको क्षेत्रलाई ग्रिन जोनमा रुपमा लिएको छ ।

बुधवारसम्म ६ चरणमा कुल एक सय ८३ जनाको स्वाव संकलन गरी परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराम पौडेलले जानकारी दिए।

विश्व लगायत छिमेकी स्थानीय तहमा समेत कोरोना संक्रमित फेला परेपनि हालसम्म अन्नपूर्ण चोखैं रहेको पौडेलले बताए ।पछिल्लो पटक सोमवार कुल १८ जनाको स्वाव परीक्षणका लागि पठाइएकोमा बुधवार सबैको नजिता नेगेटिभ आएको हो। परीक्षण गरिएका मध्ये अधिकाशं बिदेशबाट फर्किएका र केही भने गाउँपालिकामा बस्दै आएका पालिकावासी भएको बुझिएको छ।हालसम्म संक्रमित फेला नपर्नुलाई सकारात्मक रुपमा हेरीएको छ।

गाउँपालिकाले प्रत्येक वडामा कोरोना रोगथामका लागि ५ सदस्यिय समिति पनि गठन गरेको छ ।जसमार्फत यतिवेला प्रत्येक नागरिकलाई माक्स तथा एक घर एक सावुन र ब्रोसर वितरण भइरहेको छ ।उक्त कार्यमा जनप्रतिनिधी, शिक्षक, स्वास्थ्यकर्मीले पनि साथ दिइरहेको जनाइएको छ।

हालसम्म कुल २० हजार माक्स, सात हजार दुई सय सावुन र ११ हजार ब्रोसर बढिएको छ ।त्यस्तै संचेतनाका लागि माईकिङ गरेको र राजमार्गका होटल पूर्ण रुपमा बन्द गरिएको गाउँपालिकाले भनेको छ ।

गाउँपालिकालाई कोरोना मुक्त पार्ने अभियानमा सबैभन्दा धेरै नेलम्बो नेपालले साथ दिएको छ ।त्यस्तै नौलो घुम्ती, गोनेसा, रेडक्रस, पोखरा महानगरपालिका, ठेकेदार एसोशियसन कास्की, अन्नपूर्ण काठमाडौं समाज र ढिकुरपोखरी काठमाडौं समाजले पनि सघाएका छन् ।

गाउँपालिकाले भाइरसबाट संचेत रहदै दैनिक कार्यसंचालन गर्न पनि पालिकावासीलाई निर्देश गरेको छ ।गाउँवासीको सहयोगका कारण हालसम्म अन्नपूर्ण चोखँै रहेको गाउँपालिकाले स्पष्ट पारेको छ ।पालिका भर कुल ३४ क्वारेन्टीन स्थल छन् ।

 

Comments
Loading...