रुसले कोरोनाको पहिलो खोपको सफलतापछि दोस्रो खोप निकाल्दै

एजेन्सी । रुसले कोरोनाविरुद्ध एउटा खोपको सफलतापछि अर्काे खोप निकाल्ने तयारीमा लागेको छ ।

केही दिनअघि मात्र संसारमा सबैभन्दा पहिले आफूले कोरोनाविरुद्ध सफल खोप बनाएको घोषणा गरेको रुसले अर्काे खोप पनि उत्पादनका लागि सरकारी अनुमति पाउने चरणमा पुगेको दाबी गरेको हो ।

रुसका डेपुटी प्रधानमन्त्री तात्याना गोलिकोवाले साइबेरियास्थित भेक्टर भाइरोलोजी इन्स्टिच्युटमा बनिरहेको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायल सेप्टेम्बरसम्म सकिने जानकारी दिएका हुन् ।

उनले राष्ट्रिय टेलिभिजनबाट प्रसारित एक भर्चुअल बैठकमा राष्ट्रपति भ्लादमिर पुटिनलाई यस्तो ब्रिफिङ सुनाएका हुन् ।यो खोपको पहिलो र दोस्रो चरणको ट्रायलमा कुनै नकारात्मक नतिजा नदेखिएकाले अब तेस्रो चरणको ट्रायल गरिने उनले बताएका छन् ।

टिप्पणिहरु
Loading...