भारतमा तीव्र गतिमा फैलिदै कोरोना: ५९ हजारको मृत्यु, ३२ लाख संक्रमित

एजेन्सी । नेपालसँगको छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिइरेको छ ।

भारतमा दिनहुँ हजारौँ संक्रमित थपिने गरेका छन् भने एक हजारको संख्यामा मृत्यु हुने गरेको छ । पछिल्लो २४ घण्टामा मात्र एक हजार ५९ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

उसनका अनुसार हालसम्म भारतमा ५९ हजार ४४९ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । भारतमा हालसम्म संक्रमितको संख्या ३२ लाख ३४ हजार ४७४ पुगेको छ ।

Comments
Loading...