गण्डकीका पाँच जिल्लामा २५ कोरोना संक्रमित थपिए

पोखरा,११ भदौ। ग्गण्डकी प्रदेशमा आज थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा बाग्लुङमा आठ,तनहुँमा नौै, पर्वतमा एक, लमजुङमा चार र नवलपरासीमा तीन जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा संक्रमित एक हजार ९७७ पुगेका छन् भने एक हजार ६६५ निको भएका छन् ।

Comments
Loading...