देशभर ११११ कोरोना संक्रमित थपिए

पोखरा,११ भदौ । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा एक हजार १११ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर ७७७ पुरुष र ३३४ महिलामा संक्रमण पुष्टि भएको जानकारी दिए । यसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३९ पुगेको छ ।

त्यसैगरी काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै ३७७ संक्रमित थपिएका छन् ।

Comments
Loading...