लामाचौर–सार्दिखोला सडक खण्डको बेशीचोकमा अवरुद्ध सडक खुलाउन शुरु

पोखरा,११ भदौ । पोखरा महानगरपालिकाको लामाचौर हुँदै माछापुच्छ«े गाउँपालिकाको सार्दिखोला सडक खण्डको बेशीचोकमा पहिराले बगाएको सडक मर्मत गर्न शुरु भएको छ ।

गत असार २६ गते रातिको पहिराले सडक बगाएको डेढ महिना समय व्यतित भएको र चार पाङ्ग्रे यातायातका साधन सञ्चालन हुन नसक्दा जनताले सास्ती पाएको सम्वन्धी समाचार यसअघि हिमाली आवाज डटकममा प्रकाशित भएपछि अहिले सरोकारवाला निकायले आजबाट सडक मर्मत गरी अवरुद्ध सडक सुचारु गर्न शुरु गरेका हुन् ।

पोखरा महानगरपालिका वडा नं १९ र प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयको समन्वयमा सडकका माथिल्लो भाग कटिङगरी अवरुद्ध सडक खुलाउने काम शुरु भएको र तीन दिनभित्रमा ठूला यातायातका साधन वारपार गर्न मिल्ने बनिसक्ने सोही वडाका वडाध्यक्ष शोभामोहन पौडेलले जानकारी दिए ।

“पूर्वाधार विकास कार्यालय र वडा कार्यालयको समन्वयमा आज मध्यान्नबाट काम शुरु भएको छ । सडक मर्मतका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्दा समय लागेपनि अब तीन दिनभित्रमा सडकबाट गाडी वारपार गर्न मिल्छ ।” वडाध्यक्ष पौडेलले भने ।

बेशीचोकमा गत असार २६ गते राति अन्दाजी २०० मिटर तलबाट सडक पहिराले बगाउदा माछापुच्छ«े गाउँपालिकाका वडा नं २, १ र ३ नं वडाका सहित महानगरको पुरुनचौरका नागरिकले सास्ती पाएका थिए ।

बेसीचोकमा पहिराले सडकको अधिकाँस भाग बगाएपछि चार पाङग्रे सवारी साधन सञ्चालन ठप्प छ भने मोटरसाइकल तथा स्कुटर जोखिम मोलेर चलाउनुपर्ने बाध्यता थियो ।

वडा नं १९ नेकपाका युवा नेता एवं संगठन विभाग प्रमुख विकास गौतमले सडक स्तरोन्नतीको काम शुरु भएको र छ्टिटै पूर्णता पाउने बताउँदै अत्यावश्यक एम्बुलेसन्स लगायतका यातायातका साधन केही दिनमानै सञ्चालनमा आउने जानकारी दिए ।

Comments
Loading...