बतास अर्गनाइजेशनलाई आइसरको दक्षिण एसियाकै उत्कृष्ट डिलर अवार्ड

पोखरा,११ भदौ । बतास अर्र्गनाइजेशन आइसरको दक्षिण एशियाली क्षेत्रका डिलरहरु मध्यबाट उकृष्ट हुन सफल भएको छ ।

भोल्भो आइसर कमर्शियल भेइकल लिमिटेड इन्डियाले विश्वव्यापी आइसरका डिलरहरुसँगको प्रतिष्पर्धाका आधारमा बतास र सो अन्तर्गतको इष्र्टन एजेन्सीज प्रालिलाई आज उत्कृष्ट डिलर अवार्ड प्रदान गरेको हो ।

दक्षिण एशियाली क्षेत्रमा राम्रो कार्य क्षमता तथा धेरै गाडीहरु विक्री गर्न सफल भएका आधारमा कम्पनीले सो अवार्डबाट पुरस्कृत गरेको बतास अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले जानकारी दिए । बतासले दक्षिण एसियाको उत्कृष्ट डिलरसँगै ‘हेभी ड्युटी ट्रक सेल्स इन ओभरसिज’ शीर्षकमा समेत अर्को अवार्ड प्राप्त गरेको छ ।

सबैको साझा मिहिनेत र प्रयासका कारणले दक्षिण एशियाली क्षेत्रमै अवार्ड प्राप्त गर्ने अवसर प्राप्त भएकाले नेपालमा आइसर ब्राण्डलाई ग्राककले प्रदान गरेको माया र विश्वासप्रति अध्यक्ष बतासले आभार समेत व्यक्त गरे ।

Comments
Loading...