काठमाडौंमा प्रत्येक घण्टा १० जनालाई संक्रमण

काठमाडौं,१२ भदौ । नेपालमा कोरोना भाइरस संक्रमणदर तीव्र रुपमा फैलिने क्रम बढेको छ ।

बिहीबार एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै १ हजार १ सय ११ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या ३५ हजार ५ सय पुगेको छ ।

संक्रमणको दृष्टिकोणले काठमाडौं उपत्यका थप जोखिममा छ । निषेधाज्ञाको बेला काठमाडौं उपत्यकामा दैनिक झण्डै २ सय जना संक्रमित थपिने गरेका छन् ।

पछिल्लो एक सातालाई आधार मान्दै काठमाडौं उपत्यकाभित्र प्रत्येक एक घण्टामा १० जनामा कोरोना संक्रमण देखिएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

Comments
Loading...