गण्डकी प्रदेशका छ जिल्लामा आज पानी पर्ने,सतर्कताका लागि अनुरोध

पोखरा,१२ भदौ । जल तथा मौसम विज्ञान विभागले गण्डकी प्रदेशका केही जिल्लामा आज पानी पर्ने मौसम पूर्वानुमान गरेको छ ।

विभागका अनुसार गण्डकी प्रदेशका गोरखा, लमजुङ, कास्की, पर्बत, म्याग्दी र बाग्लुङ जिल्लाका पहाडी भेगहरुमा बिहानदेखी र केही स्थानहरुमा तीन दिनसम्म बर्षा हुने अनुमान गरिएको छ ।

निरन्तरको वर्षाका कारण नदीहरुमा बहाब बढ्ने तथा जोखिम रहेका स्थानहरुमा पहिरो जानसक्ने भएकोले नदीका तटीय क्षेत्रमा सतर्कताका लागि मौसम विज्ञान विभागले अनुरोध समेत गरेको छ ।

Comments
Loading...