दुई पर्यटक प्रहरी सहित गण्डकीमा थपिए १७ संक्रमित

पोखरा,१२ भदौ । पोखरामा दुई जन पर्यटक प्रहरी कोरोना संक्रमित भएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज विज्ञप्ती जारी गरी दुई प्रहरी सहित कास्कीमा तीन संक्रमित थपिएका जनाएको छ । गण्डकी प्रदेशमा भने १७ संक्रमित थपिएका छन् ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा नवलपरासीमा आठ, लमजुङमा दुई र तनहुँमा चार जना छन् । कन्ट्याक्ट ट्रेसिङका आधारमा उनीहरुमा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

प्रदेशमा संक्रमित हुनेको संख्या हालसम्म दुई हजार २२ पुगेको छ भने एक हजार ६२७ जना निको भएका छन् ।

Comments
Loading...