कास्कीको निषेधाज्ञा केही खुकुलो,ट्याक्सी र निजी सवारीमा जोर विजोर लागू(प्रशासनको सूचना सहित)

पोखरा,१२ भदौ । कोरोना संक्रमण बढेपछि न्यूनीकरणका लागि गत भदौ ३ गतेबाट कास्की जिल्लाभर लागू गरिएको निषेधाज्ञा आज राति (भदौ ११ गते राति १२ बजे )बाट केही खुकुलो बनाइएको छ ।

शुरुमा पाँच दिन तथा गत भदौ ७ गते पुनः पाँच दिन थप गरिएको निषेधाज्ञा केही खुकुलो बनाएर भदौ २० गतेसम्मलाई कायम गरिएको छ ।

अव यात्रु बाहक सार्वजनिक बस तथा माइक्रोबस सञ्चालनमा रोक लगाइएको छ भने ट्याक्सी तथा निजी सवारीमा विहान ६ बजेदेखी साँझ ८ बजेसम्म जोर विजोर लागू गरिएको छ । भदौ १२ गतेराति देखी २० गतेसम्मका लागि जोर गते जोर नम्वर र विजोर गते विजोर नम्वरका सवारी साधन सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए ।

त्यसैगरी अत्यावश्यक कामका लागि घर बाहिर निस्कदाँ अनिवार्य मास्कको प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ ।
हेर्नुहोस् प्रशासनको सूचना ।

Comments
Loading...