अन्नपूर्ण गाउँपालिकाको खेलमैदान निर्माणमा गलत इञ्जिनियरिङ डिजाइन

श्रीभद्र पौडेल
हेमजा, १२ भदौ । ‘एक पालिका एक खेलमैदान’ निर्माण अन्र्तगत अन्नपूर्ण गाउँपालिकामा जारी माछापुच्छे« मावि खेलमैदान स्तरउन्नती कार्यमा गलत इन्जिनियरिङ भएको पाइएको छ।

हाल उक्त मैदानमा प्याराफिट, कार्यक्रम हल तथा चेञ्जिङ रुम निर्माण कार्य भइरहेकोमा चेञ्जिङ रुम तथा कार्यक्रम हलका कारण दर्शकले प्याराफिटबाट खेलमैदानको केही भाग देख्न सक्ने अवस्था छैन।मैदानको उत्तरपट्टी निर्माण कार्यहरु भइरहेका छन् ।जसअन्र्तगत चेञ्जिङ रुम र कार्यक्रम हल बीच भागमा निर्माण भइरहेको छ।

स्थानीय युवाले निर्माणको विषयमा आवाज उठाएसँगै गाउँपालिकाले त्यसमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।उक्त मैदान गाउँपालिकाकै इन्जिनियरबाट इन्जिनियरिङ गरी निर्माण सुरु गरिएको हो।

जसका लागि संघिय सरकारको युवा तथा खेलकुद मन्त्रालयबाट रु.५० लाख तथा गाउँपालिकाले ५ लाख बजेट विनियोजन गरेको छ।
चेञ्जिङ रुम माथि निर्माण भइरहेको कार्यक्रम हलले छेकेर चेञ्जिङ रुम नजिकै पूर्वपट्टीको प्याराफिटमा वसी खेल हेर्ने दर्शकले पश्चिम उत्तर क्षेत्रको खेल देख्न पाउँदैन, त्यस्तै पश्चिमपट्टीको प्याराफिटमा वसी खेल हेर्ने दर्शकले पुर्व उत्तर क्षेत्रको खेल हेर्न सक्दैन, यो कस्तो इन्जिनियरिङबाट निर्माण भइरहेको मैदान हो अन्नपूर्ण १ का शिव सुवेदीले गुनासो गरे।

हामीले कसैको विरोध गरेको हैन, गलत काम भइरहेको छ भनेर खवरदारी मात्रै गरेको हो, उनले भनेका छन्।निर्माण जारी रहेकाले त्यस्तो काम रोक्नुपर्ने पनि उनले बताए।सरकारी रकमको दुरुपयोग गरिएको भन्दै उनले उपलब्धि शुन्य भएको आरोप समेत लगाए।

यता अन्नपूर्ण २ ढिकुरपोखरीका युवा रमेश भण्डारीले गाउँपालिकाले मैदान निर्माणमा आवश्यक रकम विनियोजन नगरेको बताए ।संघिय सरकारले रु. ५० लाख लगानी गरेपछि गाउँपालिकाले २० लाख थप्नुपर्ने हो ।संघको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानी हुनुपर्नेमा मैदान निर्माणमा उक्त मापडण्ड कायम नगरिएको उनको भनाई छ।

यसैबीच निर्माण समितिका अध्यक्ष यमप्रसाद भण्डारीले विना स्टीमेट काम गर्नुपर्दा समस्या आएको बताए।गाउँपालिकाले स्टीमेट बारे बुझाएन, यसो गर मात्रै भन्यो जसकारण अहिले समस्या आयो उनले भनेका छन्।जेठबाटै निर्माण सुरु गरेपनि निर्माण समितिका अध्यक्ष भण्डारीले भने गाउँपालिकाबाट बिहीवार मात्रै उक्त मैदान निर्माणको स्टीमेट बुझेका छन्।

यता गाउँपालिका जनप्रतिनिधीले भने निर्माणको बचाउ गरेका छन्।गाउँपालिका अध्यक्ष युवराज कुँवरले केही युवा चर्चामा आउनका लागि खेलमैदानबारे अर्नगल प्रचार गरिरहेको बताए।त्यस्ता युवा खेलमैदान विरोधी हुन् भन्ने गाउँपालिकाको ठम्याई छ उनले भने।

केही कुरा त बिग्रीएकै हो, तर प्रचार गरेजस्तो सबै बिग्रीएको छैन, चेञ्जिङ रुमसँगै जोडेर दायाँ बायाँ २÷२ मिटर फराकिलो सिढी बाटो बनाउन बाँकी नै छ उनले स्पष्ट पारे ।निर्माणको क्रममा स्थानीय रेवती पौडेलको घर बचाउँछौ भन्दा पनि केही समस्या थपिएको उनले सुनाए ।गाउँपालिका अध्यक्ष कुँवरले मैदान निर्माणमा खेल क्षेत्रकै इन्जिनियर ल्याउने प्रतिबद्घता समेत जनाएका छन्।

Comments
Loading...