अब देशका सबै स्थानीय तहमा पाँच बेड क्षमताको अस्पताल बन्ने

पोखरा,१३ भदौ । स्वास्थ्य सेवामा आम जनताको पहुँच उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्थानीय तहमा अस्पताल सेवा प्रारम्भ गर्ने भएको छ ।

मुलुक विश्वव्यापी कोभिड १९ को महामारीमा परिरहेका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले सो निर्णय गरेका हुन् । यो निर्णयसँगै अस्पताल नभएका ६४९ तहमा पाँच बेडको अस्पतालको सेवा तत्कालै शुरू हुनेछ । सोका लागि आवश्यक औजार र उपकरण खरिदका लागि आजै रु ६४ करोड निकासा भएको छ ।

यी अस्पतालमा तत्कालै कम्तीमा एक जना एमबिबिएस गरेका चिकित्सक, दुई जना नर्स र अन्य स्वास्थ्यकर्मी हुनेछन् । यसको व्यवस्थापन स्थानीय तहले गर्नेछन् भने अस्पताल कहाँ सञ्चालन गर्ने भन्ने निर्णय गर्ने अधिकार सम्बन्धित स्थानीय तहलाइ नै दिइएको छ । यसरी सबै स्थानीय तहमा अस्पताल सेवा विस्तारका लागि सङ्घीय सरकारको यो पहिलो निर्णय हो ।

Comments
Loading...