गण्डकी प्रदेशको एउटै जिल्लामा थपिए २१ संक्रमित

पोखरा,१३ भदौ । गण्डकी प्रदेशको नवलपरासी(वर्दघाट सुस्ता पुर्व)मा आज २१ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले नवलपरासीको विनयी त्रिवेणी गाँउपालिकामा २० र गैँडाकोट नगरपालिकामा एक जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

संक्रमितहरु सबै जना कन्ट्याक्ट ट्रेसिङमा आधारमा पहिचान भएको र हाल आइसोलेशनका लागि अस्पताल लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

Comments
Loading...