गोरखाका कोरोना संक्रमितको मृत्यु, गण्डकी प्रदेशमा मृतक ११ पुगे

पोखरा,१३ भदौ । गण्डकी प्रदेशमा आज कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।

गोरखाको गोरखा नगरपालिका–१३ मजुवा स्थायी ठेगाना रहेका ३८ वर्षीय कोरोना संक्रमित पुरुषको भरतपुर अस्पतालमा हिजो आइसीयूमा उपचारको क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको निर्देशनालयले उल्लेख गरेको छ ।

Comments
Loading...