एकीकृत शिक्षक संगठन कास्कीको राहत विभाग संयोजकमा दीपक, इन्चार्ज विकल

पोखरा,१३ भदौ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, कास्कीको राहत विभाग संयोजकमा दीपक पौडेल र इन्चार्जमा विकल पौडेल चयन भएका छन् । इन्चार्ज पौडेल सङ्गठनका पोखरा महानगरपालिका समितिका सचिव तथा प्रदेश राहत विभागका सदस्य हुन् ।

भर्चुअल मोडबाट शनिबार भएको भेलाबाट गठित १३ सदस्यीय विभागका सह संयोजकमा बन्धुराज जमरकट्टेल र सचिवमा शिवहरि पाण्डे तथा सदस्यहरुमा सूर्य नेपाली, कमल सुवेदी, दीपेन्द्र जमरकट्टेल, लक्ष्मण गौतम, सूर्य तिवारी, अर्जुन पौडेल, शिव प्रसाद भुसाल, शर्मिला आचार्य, पार्वती वाग्ले र ममता गुरुङ चयन भएका छन् ।

जिल्ला समन्वय समितिका सचिव प्रकाश रिजालले पेस गरेका प्यानललाई सर्वसम्मतले पारित गरेको थियो । रिजालले सबै स्थानीय तहलाई समेट्ने गरी पदाधिकारीको चुनिएको जानकारी दिए ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, गण्डकी प्रदेश समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाले राहत शिक्षकको हक र हितमा सङ्गठन सदा सर्वदा लागिपर्ने प्रतिबद्धता दोहो¥याए राहत शिक्षकको स्थायीत्वका लागि यसअघको अस्थायी शिक्षकलाई स्थायी बनाउँदाको नजिर हाम्रो सामु भएको र समस्याको हल हुने एउटा विधि त्यो हुन सक्ने औँल्याउँदै हुँदै संगठनको नीति नै उत्पीडित पक्षको समर्थनमा उभिने भएकोले राहत शिक्षकहरुलाई निश्चिन्त हुन आग्रह गरे ।

सङ्गठनका केन्द्रीय राहत विभागका इञ्चार्ज वीरेन्द्र मल्लले दरबन्दी मिलानको नाममा राहत शिक्षकहरुको ‘सरुवा’ तत्काल रोकिनुपर्ने धारणा राख्दै तुरुन्त नरोकिए चालीस हजार राहत शिक्षकहरु आन्दोलनमा जानुको विकल्प नरहने र सङ्गठनले यसको अगुवाइ र समर्थन गर्नुपर्नेमा जोड दिए ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय राहत विभागका संयोजक एवम् कास्की जिल्ला समन्वय समितिका उपाध्यक्ष विष्णु भट्टराईले सङ्गठनले राहत शिक्षकको सारथिको भूमिका खेलेर चालीस हजार राहत शिक्षकको स्थायीत्वको लागि पहल गर्न आह्वान गरे ।

कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका कास्की जिल्ला समन्वय समितिका उपाध्यक्ष एवम् नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिका सदस्य सम्झना कट्टेलले नेपाल शिक्षक महासंघको विवाद छिट्टै हल भएर नेपालको शिक्षक र शैक्षिक आन्दोलन एकताबद्ध भएर अगाडि बढ्नेमा आफू ढुक्क रहेको र आम शिक्षकरुलाई पनि निश्चिन्त रहन अपिल गरे ।

नेपाल शिक्षक महासंघ कास्कीका सहअध्यक्ष महेन्द्रमणि पौडेलले महासङ्घ महासङ्घ जस्तो हुनुपर्नेमा ‘अरु नै केही हो कि ?’ भन्ने आशङ्का पैदा पछिल्ला गतिविधिहरुले गराएको धारणा राखे । कार्यक्रममा सङ्गठनका रुपा गाउँपालिकाका अध्यक्ष सुकबहादुर परियारले पनि शुभकामना दिएका थिए ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला समन्वय समितिका अध्यक्ष तारानाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष श्रीधर गिरीले स्वागत तथा सञ्चालन विकल पौडेलले गरेका थिए ।

Comments
Loading...