विदेश रहेका व्यक्तिको घर फोरेर चोरी गर्ने दम्पती पोखरामा पक्राउ

पोखरा,१३ भदौ । प्रहरीले चोरीमा संलग्न एक दम्पतीलाई पक्राउ गरेको छ । पोखरा–१२ बस्ने २३ वर्षीय सन्तोष लामिछाने र उनका श्रीमति रोशनी थापामगरलाई चोरीको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

पोखरा–१३ गौडाकोमुख स्थित जयगंगा मार्गमा स्थायी घर भई हाल अष्ट्रेलिया बस्दै आएका ठाकुर प्रसाद पोख्रेलको दुईतल्ले घरको चावी फोरी घरभित्र रहेका टि.भी., कुकर, भाडा वर्तन, लत्ताकपडा लगायतका सामग्री उनीहरुले चोरी गरेका थिए ।अन्दाजी रु एक लाख ९५ हजा ५५० बराबरको सामग्री उनीहरुले चोरी गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय रामबजार समेतबाट खटिएको प्रहरी टोलीले निम्न उनीहरुलाई पक्राउ गरेको थियो ।उनीहरुबाट ४२ ईन्चको एलजी टिमी, क्यामर एक थान तथा तथा मोवाइल, भाडाबर्तन, लत्ताकपडा आदी बरामद भएको बताइन्छ ।

पक्राउ परेका दुवै जनालाई चोरी तथा डाँका कसुरमा मुद्धा दर्ता गरी सम्मानित जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रनाउ हमालले जानकारी दिए ।

Comments
Loading...