स्वास्थ्य मन्त्रालयले भन्यो : पिसिआर परीक्षणका लागि भनसुन नर्गनुहोस्

काठमाडौँ,१३ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पिसीआर परीक्षणका लागि भनसुन नगर्न आग्रह गरेको छ ।

जोखिम र सङ्क्रमणको सम्भावना भएका व्यक्तिलाई मात्र परीक्षण गरी चाँडै सङ्क्रमित पत्ता लगाई रोकथाम गर्नका लागि पिसीआर परीक्षण गरिने भएकाले अन्यले परीक्षणका लागि भनसुन नगर्न मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आग्रह गरे ।

“भएका स्रोत साधनको समुचित प्रयोग गर्नु हामी सबैको कर्तव्य हो, कोभिड–१९ को परीक्षण गर्ने उपकरण र रिएजेन्ट नेपालमा बन्दैन”, उनले भने, “त्यसैले धेरै नै धनराशि विदेशिने गर्दछ भन्नेले सबैले बुझ्नुपर्ने र आवश्यकताका आधारमा मात्र परीक्षण गर्नुपर्दछ ।”

Comments
Loading...