आजको मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षा

पोखरा,१४ भदौ । जल तथा मौसम विज्ञान विभागले हाल देशका केही प्रदेशमा सामान्य वर्षा भइरहेको जनाएको छ ।

प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र सुदुुरपश्चिम प्रदेशका अधिकाँस भूभागमा सामान्यदेखी पूर्ण बदली रही देशका अन्य भू–भागमा आंशिक देखि सामान्य बदली भइरहेको जनाएको छ ।

विगागले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनका अनुसार आइतबार मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको र भारतको मध्य प्रदेश तथा आसपासको क्षेत्रमा न्युन चापिय प्रणाली अवस्थित रहेको छ र उक्त प्रणाली विस्तारै पश्चिम–उत्तरपश्चिम दिशा तर्फ सर्दै गएको जनाएको छ ।

त्यसैगरी दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको हुनसक्ने पूर्वानुमान गरिएको छ ।

Comments
Loading...