एम्बुलेन्स दुर्घटना हुँदा स्याङ्जामा दुई जनाको मृत्यु

पोखरा,१४ भदौ । स्याङ्जाको वालिङ नगरपालिका स्थित माझकोटमा एम्बुलेन्स दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् ।

बा.२ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा ३५ वर्षीय भानुभक्त गैह्रे र २२ वर्षीय श्याम पंगेनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले उद्धार गरेर वालिङ अस्पताल लैजाँदै गर्दा उनीहरुको मृत्यु भएको हो ।

मृतक चापाकोट–९ का स्थानीय हुन् ।काठमाडौंमा बिरामी छाडेर फर्केको चापाकोट अस्पतालको एम्बुलेन्स बिहान करिब सवा ४ बजेतिर वालिङ नगरपालिका–५ माझकोटका दुर्घटना भएको थियो ।

Comments
Loading...