कोरोना संक्रमणबाट ४५ मिनेट फरकमा आमा छोराको मृत्यु

पोखरा,१४ भदौ । कोरोना संक्रमणबाट आज एकै दिन ४५ मिनेट फरकमा आमा छोराकोनै मृत्यु भएको छ ।

सुनसरीको धरान उपमहानगरपालिका वडा नं १७ का ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आइतबार बिहान मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

छोरोका विहान ७ः४५ बजे तथा आमाको बिहान ८ ः ३० मृत्यु भएको जनाइएको छ । दुबै जना मधुमेह र उच्च रक्तचापको समस्या र अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या र ज्वरोले च्यापेपछि शनिबार साँझ अस्पताल भर्ना भएकामा आज विहान कोरोना परीक्षण नतिजा पोजिटिभ आएको थियो ।

Comments
Loading...