गण्डकीमा कोरोना संक्रमित २१ सय नाघे,१३ को मृत्यु

पोखरा,१४ भदौ । गण्डकी प्रदेशमा हालसम्म दुई हजार १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्यमा एक हजार ६७२ जना निको भएका छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

हालसम्म ४४ हजार ७२९ जनाको पिसिआर परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नमूना संकलन गरिकामध्यमा ४२ हजार ६०६ जनाको नतिजा नेगेटिभ(कोरोना) नभएको आएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

गण्डकी प्रदेशमा आजमात्र २९ जनामा संक्रमण पुष्टि भएको छ । तनहुँमा २२,बाग्लुङमा दुई, कास्कीमा तीन र नवलपुरमा दुई जनामा नयाँ संक्रमण फेला परेको निर्देशनालयले जनाएको छ ।

Comments
Loading...