सरकारी छाप दस्तखत किर्ते मुद्धाका फरार प्रतिवादी पक्राउ

पोखरा,१४ भदौ । जिल्ला प्रहरी कार्यालयले सरकारी छाप दस्तखत किर्ते मुद्धाका फरार तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

पर्वत मोदी गाउँपालिका–६ तिलाहार घर भई हाल पोखरा महानगरपालिका–१४ चाउथे बस्ने ३४ वर्षीय निद्रोष गिरी, पोखरा–३३ लामगादीका ३३ वर्षीय ऋषिराम गिरी तथा पोखरा–२ बस्ने २२ वर्षीय असिम भण्डारीलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

विसं २०७५ वैशाख २ गते कास्की जिल्ला अदालतको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्धामा एक वर्ष कैद सजाय तोकि हालसम्म फरार रहेका उनीहरुलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

Comments
Loading...