पोखरामा ट्रकको व्याट्री चोरी गर्ने गिरोह पक्राउ

पोखरा,१४भदौ । प्रहरीले पार्किङ गरी राखेका ट्रकहरुको व्याट्री चोरी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ ।

गत भदौ १२ गतेराती पोखरा महानगरपालिका–१४ चाउथे खसिबजार स्थित पार्किङ गरी राखिएका बिभिन्न नम्बरका ४ वटा ट्रकहरुको ब्याट्री पाँच थान चारी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बाँके घर भई पोखरा–१४ हवेलीमार्ग बन्से २४ वर्षीय कमल पुन, दाङ घर भई सोही ठाउँ बस्ने विनोद भन्ने अजय चौधरी,धादिङका २५ वर्षीय पूर्णबहादुर माझी, भारत घर भई पोखरा वुद्धचोक बस्ने दिनेश शाह र भारतकै विनोदप्रसाद जैसवाल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई चोरीको व्याट्री सहित पक्राउ गरी आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

पक्राउ परेकाहरुका विरुद्ध चोरी कसुरमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बताइन्छ ।

 

Comments
Loading...