सरकारले स्थापना ग¥र्यो श्रमिक सूचना बैंक’

काठमाडौ,१५भदौ ।सरकारले श्रम बजारसँग सम्बन्धित सूचनालाई एकीकृत गरी श्रमिक र रोजगारदाताबीच श्रम विनिमयका लागि समयमै सूचना उपलब्ध गराउने उद्देश्यले ‘श्रमिक सूचना बैंक’ स्थापना गरेको छ ।

श्रमिक सूचना बैंकले बेरोजगार युवाको विवरण सङ्कलन गर्ने, आवश्यक प्रशिक्षण दिने र रोजगारदाताको आवश्यकतानुसार काममा लगाउन सहयोग पु(याउने छ ।

श्रम आर्जन गर्न सक्ने जनशक्ति केकति छ, केकस्ता ज्ञान, सीप हासिल गरेका रहेछन्, कुन क्षेत्रमा कति जनशक्ति देशमा कार्यरत छन् र कति वैदेशिक रोजगारीमा रहेका छन् भन्नेबारे एकीकृत जानकारी बैंकले उपलब्ध गराउनेछ ।

श्रमिक सूचना बैंकको कार्यान्वयनबाट श्रम बजारमा रहेका तथा प्रवेश गर्ने (१८–५९) श्रमयोग्य जनशक्तिको ज्ञान, सीप, क्षमता, योग्यता र अनुभवसमेतको सम्पूर्ण विवरण सङ्कलन गर्ने र सोको विवरण विद्युतीय माध्यमबाट तथ्याङ्कका रुपमा उपलब्ध हुनेछ ।

विभिन्न क्षेत्र, पेशा वा व्यवसायमा संलग्न हुन चाहने वा हाल कार्यरत श्रमिकको विवरण तथा वैदेशिक रोजगारीमा गएका वा फर्किएका जनशक्तिमा रहेको सीप तथा योग्यताको समेत अद्यावधिक विवरणसमेत समेटी श्रमिक बैंकको अवधारणालाई संस्थागत गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री मन्त्री यादवले बताए ।

Comments
Loading...