देशभर ८९९ कोरोना संक्रमित थपिए

पोखरा,१५ भदौ । पछिल्लो २४ घण्टामा देशभर ८९९ कोरोना भाइरसका संक्रमित फेला परेका छन् । संक्रमित मध्यमा ३०३ महिला र पुरुष ५९६ जना पुरुष रहेका छन् ।

देशभर कोरोना संक्रमितको कुल संख्या ३९ हजार ४६० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा बताए ।

काठमाडौं उपत्यकमा थप २९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उपत्यकाको संक्रमितमा काठमाडौंमा १९० ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना रहेका छन् ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ रहेको जनाइएको छ ।

Comments
Loading...