पूूजारी शाहको हत्यामा संलग्न पक्राउ

काठमाडौँ,१५ भदौ । रौतहटका पुजारी श्रीराम शाहको हत्यामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका–१ घर भएका रामनरेश पटेल र सोही ठाउँका बालकुमार पटेल रहेका छन् ।

भारत बिहारको पूर्वी चम्पारण मोतिहारी ढाकाथाना क्षेत्रबाट भारतिय प्रहरीको सहयोगमा नेपाल प्रहरीले उनिहरुलाई पक्रेको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए । रातोपाटीबाट

Comments
Loading...