चार वर्षीया बालिका सहित देशभर कोरोनाबाट सातको मृत्यु

पोखरा,१५ भदौ । पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट सात जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महोत्तरीमा चार वर्षीया बालिका सहित २४ घण्टामा सात जनाको मृत्यु भएको जनाएको छ । मृतकमा गोरखा र रुपन्देहीका दुई महिला रहेका छन् ।

यस्तै झापा, रौतहट, चितवन र भक्तपुरका पनि एक जना सहित जनासहित चार पुरुषको मृत्यु भएको छ । त्यसैगरी हालसम्म देशभर मृतकको संख्या २२८ पुगेको जनाइएको छ ।

Comments
Loading...