कास्कीका लेखापढी व्यवसायीको कोरोना बिमा

पोखरा,१५ भदौ । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन कास्कीले संस्थाबाट आवद्ध लेखापढी व्यवसायीको कोरोना बिमा गरिदिएको छ ।

पछिल्ला दिनमा पोखरा सहित देशभर कोरोना संक्रमण बढेपछि संस्थाले आफ्ना सदस्यहरुको हितका लागि बिमा गराएको एशोसिएसनका केन्द्रीय सदस्य एवं पेशागत दक्षता अभिवृद्धि समितिका सदस्य सचिव ठाकूरप्रसाद अधिकारीले जानकारी दिए ।एशोसिएसनमा आवद्ध १२४ जना व्यवसायीको एजोड इन्स्युरेन्स लिमिटेडमा बिमा गरिएको छ ।

एशोसिएसनका अध्यक्ष खडानन्द लामिछानेले कोरोना संक्रमण जसलाई पनि जतिबेला पनि हुन सक्ने भएकाले एशोसिएशनले आफ्ना सदस्यहरुको सम्भावित जोखिन र आर्थिक क्षतिलाई न्यूनीकरणका लागि बिमा कार्यक्रम ल्याएको बताए । 

“व्यवसायीकै हितका लागि स्थापना भएको संस्था भएकाले अप्ठ्यारो अवस्थामा केही राहत पुगोस् भनेर सबैको बिमा गराएका हौँ ।” अध्यक्ष लामिछानेले भने ।

एशोसिएशनले सबै व्यवसायीलाई स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउन तथा भीडभाडबाट टाढा रहेर व्यवसाय गर्न समेत आग्रह गरेको केन्द्रीय सदस्य अधिकारीले बताए ।

Comments
Loading...