भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधनमा अध्यक्ष प्रचण्ड स्तव्ध

पोखरा,१५ भदौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्र्जीको निधनबाट आफू दुःखित भएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले आज साँझ समवेदना व्यक्त गर्दै विश्वव्यापी प्राणघातक रोगका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मुखर्जीको दुखद् निधन भएको समाचारले आफू स्तव्ध भएको बताएका हुन् ।

मुखर्जीको निधनलले दक्षिण एसियाले एक परिपक्व र अनुभवी बौद्धिक नेता एवं नेपालले एक अनन्य मित्र गुमाएको प्रचण्डले उल्लेख गरेका छन् ।
“ मैले प्रधानमन्त्रीको हैसियतले राष्ट्रपतिको रुपमा नेपालमा स्वागत गर्न पाएको अबसरको स्मरण गर्दै यस दःुखद् क्षणमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोक सन्तप्त भारत सरकार र सम्पूर्ण भारतीय नागरिकमा गहिरो समवेदना प्रकट गर्दछु ।” अध्यक्ष प्रचण्डले भनेका छन् ।

Comments
Loading...