पोखरा बसपार्कको पुरानो टिकट काउन्टर पूर्ववत सञ्चालन गर्न माग

 

पोखरा साउन १७ । पोखरा पुरानो वसपार्कमा रहेको टिकट काउन्टर र त्यस क्षेत्रमा रहेको स्थानलाई पुर्ववत फर्काउन जग्गा धनीहरुले माग गरेका छन् ।

आज सोही ठाउँमा भेला भएका स्थानीयहरुले पोखरा महानगर वडा नं ९ का वडाध्यक्ष रामराज लामिछानेलाई बसपार्कको पुरानो टिकट काउन्टरलाई पुर्ववतरुपमा सञ्चालनगर्न माग गरेका हुन । विसं २०३२ साल फागुन १८गते पोखरा उपत्यका नगर विकास समितिले विभिन्न व्यक्ति र संस्थाको नाममा रहेको जग्गामा अधिग्रहण गरी निर्माण गरिएको टिकट काउन्टरलाई यथावतरुपमा सञ्चालन गर्न जग्गा धनीहरुले माग छ ।

विसं २०६२ मा जिल्ला ट्राफिक कार्यालय (गोलघर) भत्काइए पछि उत्त कार्यालय टिकट काउन्टरमा अस्थायी मुकामका रुपमा रहेको छ । अहिले ट्राफिकको स्थायी कार्यालयको निर्माण करिव सम्पन्न हुन लागे पछि सोही स्थानमा सर्ने तरखरमा रहेको छ ।

“नेपाल सरकारले जे पर्योजनका लागि अधिकरण गर्यो सोही प्रयोजनमा यो ठाउँ सञ्चालन हुुनुपर्छ” आज भेला भएका सबै जग्गाधनीहरु र स्थानीयवासीहरुले एकै स्वरमा आवाज उठाएका छन् ।

“जिल्ला ट्राफिकको कार्यालय हाल निर्माण भइसकेकोले सोही स्थानमा सर्न र यात्रुलाई सहज वातावरण बनाउनु पर्छ”, जग्गाधनीमध्येका एक सुदर्शन रञ्जितले भने । पोखरामा यति बेला वसपार्कमा व्यवस्थित टिकट काउन्टर नहुँदा यात्रुहरुले कता गएर टिकट काट्ने भन्ने ठुलो द्विविधा रहेको उनको भनाई थियो ।

“वसपार्क भनेको ७७ जिल्लाका यात्रुहरु आवागमन हुने ठाउँ हो, तर अहिले व्यवस्थित टिकट काउन्टर नहुँदा यात्रुलाई भौतारिनु परेको छ” गण्डकी प्रेट्रोलियमका सञ्चालक समेत रहेका तेज गुरुङले भने–“हामी संग जे प्रयोजनका लागि भनेर जग्गा लिइयो त्यो यथावत हुनुपर्छ ।”

पर्यटनको राजधानी शहर पोखरामा रहेको बसपार्कलाई लामो समय देखि व्यवस्थित गर्न खोजिए पनि दलका घोषणपत्रमा सीमित छन ।“व्यवस्थित बसपार्कको खाँचो त हो तर वसपार्क व्यवस्थित गर्ने कुरा संधै ओझेल पर्दै आयो” भन्छन रञ्जित–“करिल ४५ वर्ष देखि वसपार्कको हालतदिनप्रतिदिन साँघुरिदै आएको छ, नेपालीहोस वाविदेशी सबै यात्रुहरुले  वसपार्क व्यवस्थित नहुँदा ठुलो सास्ती खेप्नु पर्छ ।”

वडाध्यक्ष लामिछानेले सो स्थानमा पर्यटन सूचना केन्द्र सहित हरियालीपार्क निर्माण गर्ने बताएका छन । “अधिकरण गरिएको जग्गा जुन पर्याेजनका लागि लिइएको हो त्यसको सोही प्रयोजन भयो भने सायद कोही कसैले विरोध गर्ने छैनन”अध्यक्ष लामिछानेले भने ।

उक्तजग्गा गण्डकी पेट्रोलियपम्प, स्व. गोपाल तझ्या र स्व हरि गोपाल रञ्जितले वसपार्कको टिकट काउन्टरका लागि सहमतिमा पोखरा उपत्यका नगर विकास समितितिलाई निशुल्क प्रदान गरेका थिए । सोही ठाउँमा भएको एक कार्यक्रममा गण्डकी पेट्रोलियमका सञ्चालक गुरुङले वडा अध्यक्ष लामिछानेलाई उपत्यका नगर विकास समितिले गरेको सहमतिको पत्र हस्तान्तरण गरेका थिए ।

बसपार्क टोल विकास संस्थाका अध्यक्ष केशवबहादुर थापाले समेत यथाशीघ्र टिकट काउन्टरलाई पुर्ववत रुपमा सञ्चालन गर्न माग गरेका छन् ।

 

Comments
Loading...