आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

पोखरा,१७ साउन । नेपाल अयल निगमले शनिबार राति १२ बजेदेखी लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगगले डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँका दरले मूल्य बढाइएको जनाएको छ ।

निगमका अनुसार अब प्रतिलिटर पेट्रोल १०४, डिजेल ९० र मट्टितेल ९० रुपैयाँ पर्ने छ । निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको जनाउँदै नेपालमा पनि सोहीअनुसार भाउ बढाएको जनाएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

Comments
Loading...