पोखरा,१८ साउन । बतास अग्रनाइजेशन र क्वेष्ट इन्टरनेशनल कलेज ग्वार्कोबीच उद्योग तथा व्यवसायलाई चाहिने मानव स्रोत निर्माण गर्न टेवा पु¥याउने सम्वन्धी सम्झौता भएको छ ।
बतास अर्गनाइजेशनका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक शान्तराज बतास तथा क्वेष्टका तर्फबाट कलेजका अध्यक्ष कोलिन किरण श्रेष्ठबीच आज सा सम्वन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
बतास अर्गनाइजेशनले आफ्ना कर्मचारी व्यवस्थापन, कार्य क्षमता तथा उत्प्रेरणा अभिवृद्धि गर्दै व्यवसायिक तथा व्यक्तिगत लक्ष्य अभिवृद्धि अवसर प्रदान गर्ने तथा क्वेष्टले अनुसन्धान डिग्री तथा तालिम कार्यक्रम मार्फत उद्देश्यमा योगदान दिने लक्ष्य रहेको छ भने बतासले क्वेष्टका विद्यार्थीलाई इन्टर्नसीपको समेत मौका दिँदै आएको छ ।
![](https://www.himaliawaj.com/wp-content/uploads/2024/04/09-Janhitma-Jari-Jaruri-Suchana-B-1700-x250-Dadelo.jpg)
त्यसैगरी बतास अर्गनाइजेशनका कर्मचारीले क्वेष्टको कुनै पनि डिग्री कार्यक्रम तथा तालिममा सहभागी हुँदा विशेष सुविधा तथा अध्ययन शुल्कमा भारी छुट दिइने सम्झौतामा उल्लेख छ ।
बतास अर्गनाइजेशन विविध व्यापार व्यवसाय, विप्रेषण लगानी तथा वित्तीय सेवा तथा हाइड्रोपावर आयोजना प्रवर्द्धनमा सक्रिय संस्था हो । यसमा हाल ७ सय जना कर्मचारी कार्यरत छन् ।
क्वेष्ट इन्टरनेशनल कलेजले पोखरा विश्वविद्यालयबाट सन् २००९ मा स्वीकृति लिएर व्यवस्थापनका बीबीए बीएचएम र एमबीएका कक्षा सञ्चालन गर्दै आएको छ ।