सिन्धुपाल्चोकमा भिषण पहिरो, आठ बेपत्ता

काठमाडौँ,१९ साउन । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–११ मा गएराति भिषणा पहिरोमा परी आठ जना वेपत्ता भएका छन् ।

एकजनालाई भने प्रहरीले उद्धार गरेको जनाएको छ । कभर्ड हल निर्माणमा खटिएका कामदारहरु गएराति करिब दुई बजेतिर आएको पहिरोमा पुरिएका हुन् । प्रहरी तीन बजेतिर उद्धारमा खटिएको थियो ।

तीन घण्टाको प्रयासमा एक जना भारतीय नागरिकलाई जीवितै उद्धार गरेर प्रारम्भिक उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको प्रहरीले जनााएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Comments
Loading...