सिन्धुपाल्चोकको मेलम्चीमा पहिरामा हराएका आठ जनाको शव फेला

काठमाडौँ,१९ साउन । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा गएरातिको पहिरामा परी बेपत्ता भएका आठ जनाको शव फेला परेको छ । पहिरोमा पुरिएका सबैको शव निकालिएको प्रहरीले जनाएको छ ।

पहिरामा परी मृत्यु हुनेमा सात जना वीरगञ्जका र एक जना भारतीय नागरिक रहेका छन् । वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरासिया, ३५ वर्षीय प्रदीप चौरासिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र एक जना भारतीय नागरिक राजेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्का एक जना भारतीय नागरिक बारु शाहको भने मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत ह्याम्स अस्पताल काठमाडौँ पठाइएको छ ।

Comments
Loading...