कास्कीको घान्द्रुकमा जीप दुर्घटना : एक जनाको घटनास्थलमै मृत्यु

पोखरा,१९ साउन । कास्कीको अन्नपूर्ण गाउँपालिकामा आज भएको जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

नयाँपुलबाट घान्द्रुकतर्फ खाद्यान्न लिएर गएको ग २ च २८१७ नम्बरको बोलेरो जीप दिउसो १ः३० बजेको समयमा वडा नं १० को क्लिउ भन्ने स्थानमा अनियन्त्रित भएर सडकबाट अन्दाजी ३०० मिटर खसेको थियो ।

सो दुर्घटनामा परी जीप चालक मुस्ताङ घर भएका ४० वर्षीय सोम प्रसाद शेरचनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

मृतकको शव परीक्षणका लागि पोखरा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।

Comments
Loading...