बालिका बलात्कारको अभियोगमा वडाध्यक्ष पक्राउ

पोखरा,२० साउन । बालिकालाई बलात्कार गरेको अभियोगमा वडाध्यक्ष पक्राउ परेका छन् ।

गोरखाको पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई वडाकै एक १४ वर्षीया बालिकलाई बलात्कार गरेको आरोपमा प्रहरीले सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पीडितका आफन्तले प्रहरीलाई दिएको जाहेरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि नियन्त्रणमा  लिइएको प्रहरी स्रोतले जनाएको छ ।

Comments
Loading...