नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा भेटवार्ता शुरु 

पोखरा,२० साउन ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)भित्रको विवाद बढिरहेका सन्दर्भमा आज साँझ पुनः दुई अध्यक्षबीच भेटवार्ता शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्ष प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल

दाहाल(प्रचण्ड)बीचको वार्तामा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल तथा संसदीय दलका उपनेता सुवास नेम्वाङ समेत सहभागि रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

पार्टीभित्रको विवादका कारणले नेकपाको गत असार १० गतेबाट शुरु स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको छ । अध्यक्ष प्रचण्ड सहित स्थायी कमिटीका बहुमत सदस्यले प्रधानमन्त्री ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपाभित्र विवाद चुलिएको छ ।

Comments
Loading...