पोखरामा स्कुटरले ठक्कर दिँदा २० महिनाकी बालिका घाइते

पोखरा,२० साउन । पोखरामा स्कुटरले ठक्कर दिँदा २० महिनाकी एक बालिका घाइते भएकी छन् ।

आज विहान ८ः०० बजेको समयमा पोखरा महानगरपालिका १० अंमरसिह चोकमा नम्बर नखुलेको स्कुटरले सोही ठाउँ बस्ने शिरिया सापकोटालाई ठक्कर दिंदा घाईते भई उपचारको लागि पार्कल्याण्ड अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटीई घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

Comments
Loading...