पोखरामा राज्यद्धारा वेपत्ता चमनलाल बरालको खोज सभा

पोखरा,२० साउन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) वडा कमिटी –१० को आयोजनामा आज राज्यद्धारा वेपत्ता चमनलाल बराललको खोज सभा सम्पन्न भएको छ ।

पोखरा– १० स्थित नागिनी टोलमा घरमा आयोजित सभामा नेकपाका केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज राजकाजी गुरुङ, गण्डकी प्रदेश अर्थ तथा विकास समिति सभापति दीपक कोइराला, प्रदेश सभा सदस्य रामजी बराल, संविधानसभा सदस्य तेजकुमारी पौडेल, पार्टी जिल्ला सचिव बखानसिँह गुरुङ, महानगर कमिटीका सचिव विश्वप्रकास लामिछाने तथा वडा पार्टी कमिटीका सदस्यहरु लगायतले वेपत्ता बरालको तस्वीरमा माल्यार्पण तथा परिवारजनसँग भेट गरेका थिए ।

कोरोना भाइरसका कारण आवश्यक स्वास्थ्य सतर्कता अपनाउँदै परिवारजनसँग भेटघाट र माल्यार्पणको कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष सूर्य बानियाँले जानकारी दिए । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धको क्रममा बराललाई तत्कालीन सरकारले गिरफ्तार गरी वेपत्ता बनाएको थियो ।

विसं २०१५ श्रावण २५ गते साविक सिल्दजुरे गाउँमा जन्मिएका बराल २०५२ सालबाट जनयुद्धमा सरिक भई २०५४ सालदेखि तत्कालीन नेकपा माओवादीको पूर्णकालीन कार्यकर्ता बनेका थिए।

अखिल नेपाल सुकुमबासी संघ, अखिल नेपाल यातायात मजदुर संगठन, अखिल नेपाल टे«ड युनियनका विभिन्न पदमा रहदै नेकपा माओवादी पार्टीले दिएको जिम्मेवारी पुरा गर्ने शिलशिलामा विसं २०५९ श्रावण २० गते आजकै दिन तत्कालीन शाही सेनाले पोखरा–१३ काहुखोलामा बराललाई कब्जामा लिएकोमा उनको अवस्थाको बारेमा हालसम्म पनि सार्वजनिक गरिएको छैन ।

संघीय लोकतान्त्रिक गणतन्त्र आएको यतिका वर्ष बितिसक्दा पनि सामन्तवादी राजतन्त्र विरुद्ध लडेका योद्धाको वास्तविक अवस्था परिवारलाई थाहा दिन नसक्नुु दुःखदायी भएको परिवारजनको भनाई छ ।

Comments
Loading...