पाकिस्तानले पनि जारी ग¥यो जम्मु कम्सिर समेटेर नयाँ राजनीतिक नक्सा

एजेन्सी
पाकिस्तान र भारतबीच लामो समयदेखि विवाद हुँदै आएको जम्मु र कस्मिर क्षेत्रलाई समेटेर पाकिस्तानले नयाँ राजनीतिक नक्सा जारी गरेको छ।

प्रधानमन्त्री इमरान खानले भारतीय नियन्त्रणमा रहेका जम्मु र कस्मिरसहितका क्षेत्रलाई समेटेरनयाँ राजनीतिक नक्सा जारी गरेका हुन्।
भारतले गएको वर्ष ५ अगस्टमा जम्मु र कस्मिर क्षेत्रको विशेषाधिकार खारेज गरेको वर्ष दिन पुगेको एक दिनअघि पाकिस्तानले उक्त नयाँ नक्सा जारी गरेको हो।

अघिल्लो वर्ष भारत सरकारले जम्मू(कस्मिर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरिदिएको थियो। राष्ट्रपति रामनाथ कोविन्दले जम्मू(कस्मिरलाई विशेषाधिकार दिएको संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरेको सूचना जारी गरेका थिए।
पाकिस्तानले त्यसको एक वर्ष पुग्न एक दिन अघि उक्त क्षेत्रलाई आफ्नो राजनीतिक नक्सामा समेटेको हो।

पाकिस्तानी सञ्जार माध्यमहरूले जनाए अनुसार जारी भएको नयाँ नक्सामा भारतको गुजरातस्थित जुनागढ क्षेत्रलाई पनि पाकिस्तानले आफ्नो नक्सामा समेटेको छ।

Comments
Loading...