जिल्ला समन्वयका पदाधिकारीको चौथो वर्ष : अनुगमन प्रभावकारी बनाउन कानून निर्माणमा जोड

पोखरा , २० साउन ।जिल्ला समन्वय समिति कास्कीका पदाधिकारीहरुले आफ्नो पदवहालीको चौथो वर्ष प्रवेशको अवसरमा मंगलवार कार्यालय परिसरमा सरसफाई, शुभकामना आदान प्रदान गर्नुका साथै जेष्ठ नागरिकलाई खाध्यान्न सहयोग गरेका छन् ।

समितिका पदाधिकारीले २०७४ साल साउन २० गते आफ्नो पदभार ग्रहण गरेका थिए । गत आर्थिक वर्षमा मात्र जिल्लामा संचालनमा रहेका तीन सय भन्दा वढी योजनाको अनुगमन,,स्थानीय पुर्वाधार विकास साँझेदारी कार्यक्रमको अनुगमन,५० भन्दा वढी समन्वयात्मक वैठक, प्रदेस स्तरीय विचार गोष्ठी तथा गैरसरकारी संघ सस्थाले संचालन गरेका परियोजनाको स्थलगत अनुगमन गरिएको जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारीले बताए ।

उनका अनुसार जिल्ला समन्वयको मौज्दात कोष परिचालन अन्तर्गत मादी गाउपालिकामा सात वटा वडा कार्यालय, अन्नपुर्णमा ५ वटा कार्यालय भवन, माापुच्छ«े गाउपालिकामा एउटा वडा भवन र प्रशासकीय भवन, तीन वटा विद्यालयमा भौतिक सुधार गरिएको,६ विद्यालयमा खानेपानी, शौचालय निमार्ण, राष्ट्रिय पुननिर्माणको सहजीकरण अन्तर्गत २ वटा मोटरवाटो निर्माण, ४ हजार भन्दावढी निजी घर निर्माणको अन्तिम चरणमा पुगेको, एक सय ५० भन्दा वढी विद्यालय भवन निर्माण गरिएको, जिल्ला भित्रका ७२ वटै वडामा कोभिड १९को व्यवस्थापनको अनुगमन गरिएको छ ।

शुभकामना आदान प्रदान कार्यक्रममा वोल्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरि वहादुर चुमानले हाल जिल्ला समन्वय समितिले गरिरहेको अनुगमनको कामलाई अझ वढी प्रभावकारी वनाउन प्रदेश सरकार आवश्यक कानून निर्माणको तयारीमा जुटेको वताए । संविधानमा उल्ल्ेख गरिएका संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची वाँडफाँड गरेर कार्यान्वयन हुन नसक्दा जिल्ला समन्वयले गरेको काम प्रभावकारी हुन नसकेको उनको भनाई थियो ।

पोखरा महानगरका प्रमुख मानवहादुर जिसीले जिल्लालाई भन्दा प्रदेशलाई बलियो बनाउनुपर्ने बताए । पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले जिल्ला समन्वयले समन्वयकारी भूमिका खेल्न सक्यो कि सकेन, आफ्नो अधिकारको प्रयोग गर्न सक्यो वा सकेन त्यसको लेखाजोखा गर्ने बेला आएको वताए ।

समन्वय प्रमुख अधिकारीले संविधानको मर्म अनुरुप संघ, प्रदेस र स्थानीय तीनै तहका सरकारले गरेका कामको अनुगमन समन्वय समितिले गर्ने भनिएपनि प्रदेश सरकारले कानून नवनाउदा अनुगमनलाई प्रभावकारी वनाउन नसकिएको स्वीकार गरे । अनुगमनलाई प्रभावकारी वनाउने गरी कानून निर्माण गरिदिन उनले प्रदेश सरकारसँग माग गरे ।

मंगलवार नै समितिका पदाधिकारीले पोखरा ३२ मा रहेको राधाकृष्ण वृदाश्रमलाई खाध्यान्न सहयोग गरेका छन । वृद्धाश्रमा पुगेर फ्रुटी, दही, चिनि, पनिर, मसला, तील, चियापत्ति, खानेतेल, आँटा, फलफूल, तरकारी लगएतका खाध्यान्न प्रदान गरे ।

सो अवसरमा जिल्लाा समन्वय प्रमुख अधिकारीले जीउदो ईतिहास वोकेका वृद्धवृद्धा हाम्रो धर्म सस्कृती अनुसार देवता समान रहेको भन्दै वृद्धवृद्धाको संरक्षकत्वमा सँगै वस्न पाएकोमा सन्तानले गर्व गर्नुपर्ने वताए ।

आश्रम संचालक समितिका अध्यक्ष प्रेम लिगलको अध्यक्षतमा भएको कार्यक्रममा रुपा गाउपालिकाका अध्यक्ष नवराज ओझा, माछापुच्छ«े गाउपालिका अध्यक्ष कर्ण वहादुर गुरुङ,जिल्लाा समन्वय उपप्रमुख सावित्रि भण्डारी, जिल्लाा समन्वय अधिकारी नवराज वरालले वृद्धवृद्धाको अनुभवलाई राज्यको सम्पत्ती मानेर उनीहरुको अनुभवलाई पुस्ता हस्तान्तरण गर्नुपर्ने वताए ।

Comments
Loading...