ओली प्रचण्ड वार्ता सहमति जुटेन,स्थायी कमिटी बैठक अनिश्चित

पोखरा,२० साउन । पार्टी भित्रको विवाद सल्टाउन आज साँझ वार्तामा बसेका नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको बैठक विना निष्कर्ष टुँगिएको छ ।

दुई अध्यक्षबीच हिजो पनि वार्ता भएकामा आज पुनः थप छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैैठकमा दुवै पक्ष आफ्नो अडानबाट पछि नहटेपछि वार्ताले सार्थकता पाउन नसकेको बताइन्छ ।

बैठकमा लगानी वोर्डको अध्यक्षमा सरकारले हालै विवादित छविका सशील भट्टलार्ई नियुक्त गरेपछि अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले आपत्ति जनाएपछि दुईपक्षीबीच चर्काचर्की परेको स्रोतले जानकारी दियो । दुई नेताले निर्णयका बारेमा आपत्ति जनाएपछि प्रधानमन्त्री ओलीले अबका दिनमा पार्टीमा सरसल्लाह गरेर मात्र अन्य नियुक्ति गर्ने प्रतिवद्धता जनाएका थिए ।

लामो समय पार्टी भित्र उत्पन्न विवाद समाधान नहुँदा नेकपामा जारी स्थायी कमिटी बैठक समेत अनिश्चित बनेको छ । गत असार १० देखी जारी बैठक कहिले बस्ने भन्ने समेत टुँगो लाग्न सकेको छैन । दुई अध्यक्षबीच बुधबार पनि छलफल हुने बताइन्छ ।

Comments
Loading...