देशका चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

पोखरा,२१ साउन । देशका चार प्रदेशमा आज भारी वर्षा हुने मौसम पूर्वानुमान छ ।

मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ अवस्थित छ । देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षा समेत हुनसक्ने देखिएकोले उक्त स्थानहरुमा आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

Comments
Loading...