पखाला लागेर मृत्यु भएकी युवतीमा कोरोना पुष्टि

वीरगञ्ज, साउन २१ । पखाला लागेर अस्पतालमा जाँदा मृत्यु भएकी एक युवतीमा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।

सोमबार मृत्यु भएकी पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको पखालाबाट मृत्यु भएकामा उनको नारायणी अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण गर्दा मंगलबार राति नतिजा पोजिटिभ आएको बताइन्छ ।

Comments
Loading...